+
+

ओडीआईमा कीर्तिपुरमा नेपालको हालसम्मकै कम योगफल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १२:५७

३ फागुन, काठमाडौं ।  नेपाल घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा हालसम्मकै कम योगफलमा अलआउट भएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग २ मा नामिबियासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४१.१ ओभरमा १३२ रनमा अल आउट भयो ।

२०२० देखि ओडीआई खेल्दै आएको नेपालको घरेलु मैदान कीर्तपुरमा यो अहिलेसम्मकै कम योगफल हो ।

यसअघि ओडीआईमा नेपालको कीर्तिपुरमा सबैभन्दा कम योगफल २०२० मा ओमान र २०२२ मा युएईविरुद्ध १७९ रन थियो ।

नेपालको ओडीआई इतिहासकै सबैभन्दा कम योगफल भने २०२२ मार्चमा दुबईमा युएईसँग १०३ रन थियो । २०२३ को एसिया कपमा पाकिस्तानसँग मुल्तानमा १०४ रनमा नेपाल अल आउट भएको थियो ।

२०१९ मा दुबईमा नेपाल युएईसँग ११३ रनमा अल आउट भएको थियो । विन्डहोकमा २०२२ मा स्कटल्यान्डसँग ११९, दुबईमा २०२२ मा युएईसँग १२० तथा २०२२ जुलाईमा स्कटल्यान्डसँग १२८ रनमा अल आउट भएको थियो ।

समग्रमा यो नेपालको सातौं कम योगफल हो । यो खेलमा नेपालका भीम सार्कीले सर्वाधिक ४४ रन बनाउँदा नामिबियाका कप्तान जेराल्ड इरास्मसले ५ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?