+
+

त्रिविमा फ्लडलाइट र स्कोर बोर्ड जडानका लागि छुट्टाछुट्टै बोलपत्र आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १४:३०

१४ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र स्कोर बोर्ड निर्माणका लागि छुट्टाछुट्टै बोलपत्र आह्वान गरेको छ ।

यसअघि १७ साउन २०८० मा राखेपले फ्लडलाइट र स्कोरबोर्ड निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । बोलपत्र अनुसार ४ वटा कम्पनीले फ्लडलाइट जडानका लागि दरखास्त पेश गरेका थिए ।

जसमा राखेपले कात्तिक २० गते सिनामंगलको एमएसआईपीएल एएससी पावर जेभीलाई २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा ठेक्का दिने निर्णय गरेको थियो । अरु ३ वटा कम्पनीले भने प्राविधिक तह नै पास गर्न नसकेको भन्दै एमएसआईपीएल एएससी पावर जेभीलाई दिइएको थियो ।

तर ती कम्पनीहरुले आफूहरुलाई नियतवश फेल गराइएको भन्दै उच्च अदालत पाटनमा मुद्धा दिएका थिए । त्यसपछि उच्च अदालतको आदेशमा पुनरावलोकन समितिले उक्त बोलपत्र रद्ध गराई पुन: चैत ११ गते नयाँ बोलपत्र सार्वजनिक गरेको हो ।

त्यसपछि राखेपले ९ चैतमा स्कोर बोर्ड जडानका लागि र ११ चैतमा फ्लडलाइटका लागि पुनः बोलपत्र आह्वान गरेको हो । यसपटक २१ दिन समय राखेर बोलपत्र आह्वान गरिएको राखेप स्रोतले जनाएको छ ।

राखेपले फ्लडलाइटका ८२ करोड ६१ लाख र स्कोर बोर्डका लागि ७ करोड २० लाख रुपैयाँ अनुमानित लागत राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?