+
+

ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले भोलि फैसला सुनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १८:४०

२ फागुन,काठमाडौं । ललिता निवासको जग्गा अनियमितता प्रकरणमा विशेष अदालतले बिहीबार मात्र फैसला सुनाउने भएको छ । बुधबार नै फैसला सुनाउने तयारी गरे पनि अबेर भएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेर बिहीबारका लागि तोकिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ३ मन्त्री, त्यतिबेलाका उच्च पदस्थ सरकारी कर्मचारी र जग्गाधनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दामा सुनुवाइ भने सकिएको छ । बुधबार फैसला सुन्न प्रतिवादी र उनीहरुका वकिल विशेष अदालतमा उपस्थित भएका थिए । फैसलाको प्रतिक्षामा अबेरसम्म बसे पनि अन्तिममा हेर्दाहेर्दैमा राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?