+
+

‘सक्किगो नि’ सिरियलको टीमले कथानक फिल्म ‘लाज शरणम’ निर्माण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते २२:०७

काठमाडौं । लोकप्रिय टेलिभिजन श्रृंखला ‘सक्किगो नि’ समूहले पहिलो फिचर फिल्मको रुपमा ‘लाज शरणम’ निर्माणको घोषणा गरेको छ ।

बुधबार बेलुका यो श्रृंखलाका सबै कलाकारले सामाजिक संजालबाट टाइटलको लोगो सेयर गर्दै फिल्मबारे जानकारी दिए । चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएसँगै फिल्मको घोषणा गरिएको कलाकार कुमार कट्टेलले जानकारी दिए ।

यद्यपि, यो फिल्मको निर्देशक र कलाकारको लाइनअप तय हुन बाँकी छ । ‘टीम भित्रैबाट फिल्म निर्देशन गर्नेबारे छलफल भैरहेको छ । कलाकारको रुपमा हामी र बाहिरबाट पनि कोही हुनसक्नुहुन्छ’ कट्टेलले अनलाइनखबरसँग भने ।

सोसल-कमेडी जनरामा बन्ने फिल्मले अहिले मुलुक र नागरिकले भोग्नुपरेको यथार्थ समस्यालाई चित्रण गर्ने बताइएको छ । ‘नेपाली दाजुभाईले देख्नुभएको र भोग्नुभएको कथावस्तुमै फिल्म बन्छ’ कट्टेलले भने, ‘कमेडीसँगै मनोरञ्जन दिइनेछ ।’

कट्टेलसहित दीपक आचार्य, हरिश निरौला र गजित विष्टले मिलेर पटकथा लेखिरहेका छन् । कथा र परिकल्पना कुमारको हो । २०८१ सालमा छायांकन गरेर सोही वर्ष प्रदर्शनको तयारी गरिएको जानकारी उनले दिए ।

२ करोड रुपैयाँ बजेट तय गरिएको यो फिल्मको निर्माण कम्पनीको रुपमा जेपिटि क्रिएसन छ । यो ब्यानरले अहिले ‘सक्किगो नि’ श्रृंखलाको निर्माण गरिरहेको छ । फिल्म र टेलिभिजन सिरिजलाई एकसाथ अघि बढाउने योजना टीमको रहेको कट्टेलले जनाए ।

सार्वजनिक गरिएको टाइटल लोगोमा जिग्री पाँडे टीम उल्लेख छ । यसको अर्थ, यो समूहभित्रैबाट कोहीले फिल्म निर्देशन गर्नेछ । यद्यपि, संयुक्तरुपमा पनि फिल्म निर्देशनको विश्वब्यापी अभ्यास छ । जिग्री पाँडे समूहले फिल्म बनाउने घोषणा गरेपछि निश्चल बस्नेत, दीपकराज गिरी, मनोज गजुरेल लगायतले शुभकामना दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?