+
+

मृत्यु भइसकेका मान्छेको पेन्सन झिकेको आरोपमा वाणिज्य बैंकका कार्यालय सहयोगी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १५:३५

३ फागुन, काठमाडौं । मृत्यु भइसकेका व्यक्तिहरुको पेन्सन बैंकबाट आफैंले झिकेर लिई ठगी गरेको आरोपमा प्रहरीले राष्ट्रिय वाणिज्य बैंकका कार्यालय सहयोगीलाई पक्राउ गरेको छ ।

वाणिज्य बैंकको महाराजगञ्ज शाखाका कार्यालय सहयोगी पूण्यप्रसाद अधिकारीले बैंकमा पेन्सन खाता भएका र मृत्यु भइसकेका व्यक्तिको आफैंले पेन्सन बुझेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले उनलाई पक्राउ गरेर बैंकिङ कसुर र ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्न उच्च अदालत पाटनसँग अनुमति मागेको छ ।

प्रहरीका अनुसार रामेछापको लिखु तामाकोशी गाउँपालिका घर भएका उनले कम्तीमा ८ जनाको पेन्सन पट्टाबाट आफैंले पेन्सन लिएको पाइएको छ ।

पेन्सन लिइरहेका व्यक्तिको नागरिकता र पुरानो फोटो टाँसेर नयाँ नमुना कार्ड बनाएर बैंकमा हाजिर भइरहेको र देखाएर पेन्सन भने आफैंले लिने गरेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?