+
+

शाखा प्रमुखलाई बोलाएर पर्यटन मन्त्रीले मागे ‘एक्सन प्लान’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १७:०७
फाइल तस्वीर

३ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्त्रालयका शाखा प्रमुखहरुसँग ‘एक्सन प्लान’ माग गरेका छन् ।

पर्यटन मन्त्री किरातीले बिहीबार शाखा प्रमुखसँग आकस्मिक बैठक गर्दै ७ दिन भित्र ‘एक्सन प्लान’ दिन भनेका हुन् ।

उनले कर्मचारीलाई आफ्नो कामबाट आफैं कति सन्तुष्ट हुनुहुन्छ भनी प्रश्न गरेका छन् । मन्त्री किराँतीले शाखा प्रमुखबाट ब्रिफिङ समेत लिएका छन् ।

उनले मन्त्रालयको कार्यनतिजा फितलो भएको भन्दै असन्तुष्टि व्यक्त गरे । मन्त्री किराँतीले शाखा प्रमुखहरुलाई सोधे, ‘तपाईंहरुले गरेको काम र परिणामबाट तपाईंहरु खुसी हुनुहुन्छ ?’

म भने आफ्नो कामबाट खुसी नरहेको उनले बताए । ‘म नयाँ मन्त्री थिएँ, त्यो बेला यो एक वर्षको अनुभव जस्तो अनुभव मलाई थिएन । मैले कर्मचारी प्रति कुनै आग्रह पूर्वाग्रह राखिन,’ उनले भने, ‘त्यसैले सरुवा पनि मैले गरिन, किनकी मलाई व्यक्ती होइन परिणाम चाहिएको थियो ।’

सोहीकारण आफूले नीति दिएको र कार्यक्रम कर्मचारीले नै बनाएको उनले बताए । उनले सोधे, ‘तपाईंहरुले नै बनाएको कार्यक्रम लागु किन ढिलो हुँदैछ ? ढिला हुनुको कारण स्पष्ट गरौँ ।’

सुरूमा मन्त्री पद सम्हाल्दा कर्मचारी फेर्नु पर्ने ठूलो दबाब आएको भन्दै उनले कर्मचारीले काम गर्ने वातावरण नपाएको भन्दै संरक्षण गरेको बताए ।

आफूले कुनै गैरकानुनी काममा प्रेसर नगरेको भन्दै उनले नेतृत्व ठिक भएपछि तल रहेर काम गर्ने कर्मचारी त्यसै ठिक भैहाल्छ भन्ने मानसिकताले काम गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?