+
+

डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते २१:३६

३ फागुन, काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बिहीबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।

डिजेल मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । भारतीय आयल कर्पोरेसनबाट प्रतिलिटर १.५६ रुपैयाँले मूल्य बढेर आएपनि निमगले प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको हो ।

निगमका अनुसार हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य यथावत छ । निगमका अनुसार बढेको मूल्य शुक्रबार विहान १ बजेदेखि नै लागू हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?