+
+

एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियाविरुद्ध नेपालको मध्यम ब्याटिङ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १२:०७
फाइल तस्वीर

४ फागुन, काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाविरुद्ध मध्यम ब्याटिङ सुरुवात गरेको छ ।

बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १०.२ ओभरमा २ विकेट गुमाउँदै ४५ रन बनाएको छ ।

नेपालकी कविता कुँवर ३१ बलमा २ चौकासहित २३ रन आउट भइन् । कप्तान इन्दु बर्मा १५ र रुविना क्षेत्री १ रनमा क्रिजमा छिन् ।

नेपालले ओपनर सीता रानामगरलाई ६ रनमा गुमाएको थियो । महिराह इजाती इस्लामीको बलमा सीता एलबीडब्लू आउट हुँदा नेपाल ४ ओभरमा १०–१ को अवस्थामा थियो ।

दोस्रो विकेटका लागि इन्दु र कविताले ३५ रनको साझेदारी गरे । इन्दु एक रनको लागि नदौडिएपछि कविता रन आउट भएकी थिइन् ।

यस खेलको विजेता टोलीले यसैवर्ष हुने महिला टी-२० एसिया कप खेल्न पाउनेछ । युएईले पहिलो सेमिफाइनल खेलमा थाइल्याण्डलाई ४ रनले हराउँदै फाइनलमा पुग्नुको साथै एसिया कपमा पनि स्थान बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?