+
+

मेरो पूरक प्रतिवेदन आउँछः नैनसिंह महर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १२:५३

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमिति बैठकमा पूरक प्रतिवेदन ल्याउने बताएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकमा नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रस्ताव माथि विचार राख्ने क्रममा महरले पुरक प्रस्ताव ल्याउने दाबी गरे ।

केन्द्रीय सदस्यहरुसँग छलफल नगरि प्रतिवेदन तयार गरिएको भन्दै आपत्ति जनाए । प्रस्तावहरु ल्याउँदा विगतमा केन्द्रीय सदस्यलाई पनि जिम्मेवारी दिने गरिए पनि यसपटक पदाधिकारी भन्दा मूनि जिम्मेवारी नदिएको उनले गुनासो गरे । ‘महासमितिमा केन्द्रीय समितिका रुपमा पेस हुने प्रस्तावमा स्वामित्व लिने अवस्था छैन,’ महरले पार्टी बैठकमा भने ।

बिहीबार देखि जारी केन्द्रीय समितिको बैठकमा पहिलो दिन उप सभापति उपसभापति पूर्णबहादुर खड्काले नीति, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शमाले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन निर्माणका क्रममा समिति नबनाएको प्रति उनले बैठकमा आपत्ति जनाए ।

उपसभापति खड्काको प्रतिवेदनमा इतिहासका बढी कुरा उल्लेख गरिएको उनले बताए । पुराना कुरालाई मात्र समेटेर नयाँका बारेमा सम्बोधन नगर्ने हो भने हाम्रो राजनीतिले मेल खाँदैन’ महरले बैठकमा भने, ‘त्यसमा ध्यान जाओस् । कांग्रेसले नैतिकतामा आधारित जीवन उपयोगी मानवतावादी शिक्षाको नीति लिनुपर्छ ।’

महामन्त्री थापाको सांगठनिक प्रस्तावमा सभापतिलाई शक्तिशाली बनाएर जाने गरि छलफलका लागि प्रस्तुत विकल्पमा महरले असहमति राखेका छन् । समाजवादी र माओवादी समेत निर्वाचनमा केन्द्रित भएको बेलामा पूर्ण निर्वाचित कमिटी बन्नुपर्छ’, महरले भने ।

महाधिवेशन प्रतिनिधिका लागि केन्द्रीय नेताहरु समेत वडाबाट प्रतिस्पर्धा गरेर छानिनुपर्ने मत महरले राखे । पार्टी र सार्वजनिक क्षेत्रको प्रतिनिधित्वमा महिलाको उपस्थिति ५० प्रतिशत हुनुपर्ने मत महरले राखे ।

नयाँका लागि अवसर प्रदान गर्न तीन पटक उम्मेदवार हुने व्यक्तिले मैदान छाड्नुपर्ने महरको तर्क छ । ‘यो गठबन्धन सीमित मान्छेका लागि भएको थियो’ महर भन्छन्, ‘चुनावअगाडि गठबन्धन नहुने गरी नेपाली कांग्रेस जानुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?