+
+

कर्णाली उत्सवको पाँचौँ संस्करण शनिवारदेखि हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १९:४७

४ फागुन, सुर्खेत । ‘कर्णाली उत्सव’को पाँचौँ संस्करण शनिवारदेखि सुरु हुने भएको छ । वीरेन्द्रनगरको बुलबुले उद्यानमा हुने उत्सवको लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक संस्था ऋति फाउण्डेसनले जानकारी दिएको छ ।

‘कुडा कर्नालीका’ नारा दिइएको उक्त उत्सव प्रत्येक वर्ष सञ्चालन हुँदै आएको छ । उक्त बहस कार्यक्रम शनिबार, आइतबार र सोमबार गरी तीन दिन चल्ने उत्सवका संयोजक कमल लम्सालले जानकारी दिए ।

उत्सवको पाँचौँ संस्करणमा विभिन्न १३ वटा सेसन, ३ वटा पैकेलोको प्रस्तुती, ३ वटै विद्धत प्रवचन र हरेक दिन सांगीतिक÷साहित्यिक साँझ रहने छन् । डा. सुधा शर्माको विद्धत प्रवचन, इतिहासकार प्रा.डा राजाराम सुवेदीको कर्णाली धरोहर र मनोहर, समाजसेवी म्याडी डोयनको अ जर्नी फ्रम जर्जी टु कर्णालीको विद्धत प्रवचन रहेको आयोजकले जनाएको छ ।

आयोजकले यो उत्सवलाई कर्णालीलाई चिन्ने र चिनाउने बहस तथा विमर्शको रुपमा लिने गरेको छ । ‘यसले कर्णाली केलाउँछ, समृद्ध कर्णाली निर्माणका लागि नीति, निर्मातालाई सुझाव दिनुका साथै सार्वजनिक पदाधिकारीलाई उत्तरदायी बनाउने प्रयास गर्छ,’ संयोजक लम्सालले भने ।

उत्सवको पहिलो दिन फागुन ५ गते उद्घाटन समारोह पनि भूकम्पपछिको राहत उद्धार केन्द्रित ‘ईपिसेन्टर’, ‘संकट र सेवा’, जोखिम र ‘जुद्न्या जुक्ति’ नामक सेसन चल्ने छ ।

त्यस्तै दोस्रो दिन ‘कर्णालीः धरोहर–मनोहर’, ‘कर्णाली दृष्टि’, ‘कर्णाली क्याराभान’, ‘अपाङ्गताः पहुँच र पौरख’, ‘हाम्मो काली,हाम्मै कर्नाली’, ‘अन्तरजातीय विवाहः रहर र कहर’, र तेस्रो दिनमा ‘लोकतन्त्रः दलभित्र, देशभित्र’, ‘देश जान्या’, ‘समाज र सङ्घर्ष’, ‘खस कुडा–खास कुडाः सौराई जिन्नगीको’, र अन्तिम सेसन ‘विकास अन्र्या, विकास खान्या’ लगाएतका सत्रहरु सञ्चालन हुँने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?