+
+

बुलबुलेमा सुरु भयो कर्णाली उत्सव

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ५ गते १४:०३

५ फागुन, सुर्खेत । ‘कर्णाली उत्सव : कुडा कर्नालीका’को पाँचौँ संस्करण सुर्खेतको बुलबुले उद्यानमा सुरु भएको छ ।

तीन दिनसम्म संञ्चालन हुने उत्सवमा प्रकोप र पुनर्निमार्ण, समाज, साहित्य र विकास, लोकतन्त्र र सुशासनका विषयमा छलफल हुनेछ ।

उत्सवमा कर्णालीको रुपान्तरणको लागि गन्थन, मन्थन र चिन्तन हुने आयोजक ऋति फाउण्डेशनले जनाएको छ ।

उत्सवको उद्घाटन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले गरेका छन् । उद्घाटन सत्रमा आयोजक शहरको तर्फबाट ‘वीरेन्द्रनगरमा बहसको बहार’ विषयमा बोल्दै वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले विचारको बहसले कर्णालीमा नयाँ डिस्कोर्स सुरु भएको बताइन् ।

उनका अनुसार कुराबाट विचार उत्पन्न भएर विचारले विकासको थालनी हुन्छ । कर्णाली सामाजिक न्यायको क्षेत्रमा समेत कर्णाली पछि परेकोले त्यसका लागि पनि बहस आवश्यक रहेको उनले बताइन् ।

‘कर्णालीको विकास, राजनीति, सामाजिक न्यायका कुरामा बहस हुन आवश्यछ छ । कर्णालीमा दु:खका मात्र नभई समृद्धि र सम्भावनाका कुरा हुन् आवश्यक छ । हामीले हाम्रा कुरा भन्न आवयक छ । त्यसका लागि यस्ता बहसको महत्व छ । हामीले हाम्रो विरासतका  विषयमा बोल्न आवश्यक छ । यो विचारको बहस राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सुनिन आवश्यक छ,’ उनले भनिन् ।

कर्णाली उत्सवका कार्यकारी निर्देशक दिनेश गौतमले २०७६ सालदेखि कर्णालीमा राष्ट्रियस्तरको वहसको कार्यक्रमको आवश्यकता महसुस गरेर शुरु भएको कर्णाली उत्सवको यात्रा अनवरत चलिरहेको बताए ।

कर्णालीले आफ्नो कुरा आफैं भन्न थालेको र कर्णालीमा विचारको बहस सुरु गरेर देशको चिन्तनसमेत गर्न थालेको उनले बताए ।

उत्सवको पाँचौँ संस्करणमा विभिन्न १३ वटा सेसन, तीनवटा पैकेलोको प्रस्तुति, तीनवटै विद्धत प्रवचन र हरेक दिन सांगीतिक/साहित्यिक साँझ रहने छन् ।

डा. सुधा शर्माको विद्धत प्रवचन, इतिहासकार प्रा.डा राजाराम सुवेदीको कर्णाली धरोहर र मनोहर, समाजसेवी म्याडी डोयनको ‘अ जर्नी फ्रम जर्जी टु कर्णाली’को विद्धत प्रवचन रहेको आयोजकले जनाएको छ ।

आयोजकले यो उत्सवलाई कर्णालीलाई चिन्ने र चिनाउने बहस तथा विमर्शको रुपमा लिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?