+
+

पहिलोपटक ‘जीतपुर सिमरा महोत्सव’ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १३:०८

४ फागुन, काठमाडौं । बारा जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघले पहिलो पटक ‘जीतपुर सिमरा महोत्सव’ आयोजना गर्न लागेको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका–३ बजनीस्थित प्रदर्शनी स्थलमा आयोजना हुने महोत्सव समग्र मधेशको पर्यटन प्रवर्द्धनमा केन्द्रित हुने संघ अध्यक्ष मोहन शर्मा लामिछानेले बताए ।

‘कृषि पर्यटन, खेल उद्योग र व्यापार जीतपुर सिमरा बारा–मधेश समृद्धिको आधार’ भन्ने नारासहित १८–२९ फागुनसम्म महोत्सव चल्ने छ ।

संघका अनुसार महोत्सवको आवश्यक तयारी भइरहेको छ । जीतपुर सिमरा उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र जीतपुर र सिमरा मध्यभागमा आयोजना हुन लागेकाले महोत्सवले समग्र उपमहानगरका नागरिकलाई समेट्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?