+
+

सुपरहिरो शक्तिमानको भूमिकामा देखिंदै रणवीर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १२:०४

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंहले शक्तिमानमा आधारित फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले सन् २०२५ मा यो फिल्मको सुटिङ सुरु गर्नेछन् ।

अहिले उनी रोहित शेट्टी निर्देशित फिल्म ‘सिंघम अगेन’को छायांकनमा व्यस्त छन्, जुन समाप्तिको क्रममा छ । मार्च २०२५ पछि शक्तिमानको छायांकन सुरु गर्ने उनको तयारी छ । त्यसअघि उनले दुई ठूला फिल्म ‘सिंघम अगेन’ र ‘डन ३’ को सुटिङ गर्दैछन् ।

अहिले रणवीर रोहित शेट्टीको निर्देशनमा बनेको कप-युनिभर्स ‘सिंघम अगेन’को सुटिङ तयारीमा छन् । ५० दिनको छायांकन तालिकालाई उनले अप्रिलसम्ममा पूरा गर्नेछन् ।

उनले फिल्मको केही भागको सुटिङ गरिसकेका छन् । यसमा उनको केमियो भूमिका छ । फिल्ममा अजय देवगण-करिना कपुर मुख्य भूमिकामा छन्, जसमा रणवीर सिंह, अक्षय कुमार, दीपिका पादुकोण, अर्जुन कपुर पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

सिंघम’पछि ‘डन ३’ को सुटिङ हुनेछ

‘सिंघम अगेन’ सकाएपछि रणवीरले फिल्म ‘डन ३’ को छायांकन सुरु गर्नेछन् । फिल्मलाई फरहान अख्तरले निर्देशन गर्दैछन् । उनले सुटिङअघि केही दिन वर्कसप गर्नेछन् । रणवीर ‘डन ३’ गर्न उत्साहित छन् ।

यो फिल्म डन फ्रेन्चाइजको तेस्रो सिक्वेल हुनेछ । अमिताभ बच्चनले पहिलो भागमा डनको भूमिका निर्वाह गरेका थिए भने त्यसपछिको सिक्वेलमा शाहरुख खान ‘डन’ बने । अब रणवीर डन बन्दैछन् । यो फिल्मको छायांकन अगस्ट वा सेप्टेम्बरमा सुरु हुनेछ ।

शक्तिमान’को घोषणा दुई वर्षअघि भएको थियो

सन् २०२२ मा सोनी पिक्चर्सले भिडियोमार्फत ‘शक्तिमान’ फिल्मको घोषणा गरेको थियो । यो मेगा बजेटको फिल्म हुने भनिएको छ जसको बजेट २००-३०० करोड भारु हुनेछ । यो फिल्म सन् १९९७ मा आएको चर्चित शो शक्तिमानको सुपरहिरो पात्रमा आधारित हुनेछ । कार्यक्रममा मुकेश खन्नाले शक्तिमानको भूमिका चित्रण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?