+

‘बाल क्यान्सर निको हुने दर उच्च भए पनि धेरै जना उपचारको पहुँचबाट बाहिरै’

२०८० फागुन  ६ गते १३:३९ २०८० फागुन ६ गते १३:३९
‘बाल क्यान्सर निको हुने दर उच्च भए पनि धेरै जना उपचारको पहुँचबाट बाहिरै’

काठमाडौं । बालबालिकामा क्यान्सर लाग्दैमा डर नमान्न चिकित्सकहरुले आग्रह गरेका छन् । दरबारमार्गस्थित हार्ड रक क्याफेले शनिबार गरेको बाल क्यान्सर सचेतना कार्यक्रममा सहभागी बाल क्यान्सर रोग विशेषज्ञ डा. अञ्जली पण्डितले समयमै पहिचान भएर उपचार गरेमा क्यान्सर निको हुने बताइन् ।

‘बालबालिकामा हुने क्यान्सरको प्रारम्भिक लक्षण र उपलब्ध उपचार विकल्पहरू, बिरामीका परिवारका लागि भावनात्मक सहयोग कति महत्व छ भन्ने विषय पनि महत्वपूर्ण हुन्छ,’ उनले भनिन्, ‘नेपाल क्यान्सर अस्पतालले ९० जना क्यान्सर लागेका बालबालिकालाई पूर्ण रुपमा निको पारिसकेको उदाहरणसमेत प्रस्तुत गर्न चाहन्छु ।’

बाल क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशनिधि तिवारीले अन्यको तुलनामा बाल क्यान्सरको निको हुने दर उच्च रहेको बताए । ‘क्यान्सर लागेका बालबालिकामा क्यान्सर निको हुने दर ८५ प्रतिशतभन्दा बढी छ । तर जनचतेनाको कमीका कारण अधिकांश बालबालिका उपचारको पहुँचबाट बाहिर हुनु दु:खद् कुरा हो,’ उनले भनिन् ।

कार्यक्रममा बालबालिकाको मनोरञ्जनको लागि चित्रकला तथा खेलकुदका क्रियाकलाप समेत गराइएको थियो । कार्यक्रममा क्यान्सररोग विशेषज्ञ, क्यान्सरविरुद्ध जित हासिल गरेका ३० जना बालबालिका, क्यान्सरसँग लडिरहेका बालबालिका र उनीहरुका अभिभावकको सहभागिता थियो ।

हाड रक क्याफेले यसअघि पनि क्यान्सरसम्बन्धी सचेतना कार्यक्रममा सहकार्य गर्दै आएको सहायक महाप्रबन्धक नारायण सुवेदीले बताए ।

तस्वीरहरु

बाल क्यान्सर हार्ड रक क्याफे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय