+
+

खाजा पसलमा वेश्यावृत्ति गराएको आरोपमा दुई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते २०:५७

६ फागुन, काठमाडौं । खाजा पसलमा वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं–४, धुम्बाराहीकी ४० वर्षीया सीताकुमारी खत्री र कागेश्वरी मनोहरा–८ का २८ वर्षीय नैनराज कठेत छन् ।

खत्री धुम्बाराहीमा राई किराना पसलसँगै नाम नराखी खाजा घर सञ्चालन गर्दै आएकी थिइन् । त्यहाँ विभिन्न महिलाहरुलाई परिबन्धमा पारेर वेश्यावृत्ति गराएको आरोपमा उनलाई प्रहरी वृत्त, महाराजगञ्जले पक्राउ गरेको हो ।

दुवैलाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएर थप अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?