+
+

बलम्बुका इन्स्पेक्टर श्रेष्ठ जिल्ला प्रहरी परिसरमा तानिए

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते २२:०३

६ फागुन, काठमाडौं । प्रहरी कार्यालयभित्रै गोली चलेपछि बलम्बुका प्रहरी प्रमुख इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ जिम्मेवारीबाट हटाइएका छन् । उनलाई सोधपुछका लागि भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौं तानिएको हो ।

ड्यूटी सकेर ९एमएमको पेस्तोल कोतमा बुझाउन जाँदा एक्कासी इन्स्पेक्टर श्रेष्ठको पेस्तोलबाट गोली चलेको थियो ।

त्यसक्रममा उनका सुरक्षागार्ड र एक जना सर्वसाधारण घाइते भएका थिए । दुबैको एपीएफ अस्पताल, बलम्बुमा उपचार भइरहेको छ ।

लगत्तै उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले छानबिन समिति बनाएर जाँच गर्न काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीलाई निर्देशन दिएका थिए ।

खत्रीका अनुसार, जाँचका लागि श्रेष्ठलाई परिसरमा झिकाइएको छ ।

‘घटना दुर्घटनावश भएको हो, तर कहाँ कमजोरी रह्यो भन्ने कुरामा जाँच गर्छौं’, उनले अनलाइनखबरसँग भने ।

यसअघि प्रहरी प्रभाग बलम्बुकै एक जना प्रहरीको घर फर्किने क्रममा प्रहरी भ्यानबाट ओर्लिदा मृत्यु भएको थियो ।

प्रहरी कार्यालयमा हतियार बुझाएर मात्र घर जानुपर्नेमा उनी हतियार साथीलाई बुझाएर ड्यूटीबाट सिधै घर जान लागेका बेला घटना भएको थियो । त्यसपछि प्रहरी यसमा आन्तरिक कमजोरीहरु देखिएको भन्दै जाँच गर्न एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा समिति बनाएको छ ।

त्यहीँ फेरि अर्को घटना भएपछि बलम्बुका इन्स्पेक्टर श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको प्रहरी स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?