+
+

बागमती साकोस समिट १६ फागुनदेखि

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १३:४६

७ फागुन, काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) को आयोजनामा १६ र १७ फागुनमा ‘बागमती प्रदेश साकोस समिट–२०८०’ हुने भएको छ ।

भक्तपुरको जर्मनहोम हस्पिटालिटी, गठ्ठाघरमा हुने समिटमा बागमती प्रदेशभरिका १३ वटै जिल्लाका तीन सय सहकारीकर्मीको सहभागिता रहने बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए ।

‘सहकारी सुदृढीकरणको आधार : सहकार्य, एकता र विश्वास’ भन्ने मूल उद्देश्यका सम्मेलन हुन लागेको आयोजकले जनाएको छ ।

सहकारी सञ्चालक तथा व्यवस्थापकको क्षमता विकासका लागि नयाँ विषयमा बहस चलाउने, सहकारीका असल अभ्यासलाई धेरै संस्थामा पुर्‍याउने र अभियानमा ऐक्यबद्धता कायम गर्ने तथा सहकारी संस्कृतिलाई विशिष्ट संस्कृतिको रुपमा बचाइ राख्ने समिटको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

त्यसैगरी अभियानका साझा सबालहरुमा साझा धारणा विकास गरी बहस पैरवीमा प्रभावकारिता ल्याउने, सहकारीका वर्तमान चुनौतीहरुको सामनाका लागि कार्यक्रममार्फत सबै संस्थालाई जागरुक गराउने र बचत तथा ऋण सहकारी सञ्जालमा कार्यगत एकता कायम गर्ने उद्देश्य रहेको अध्यक्ष सापकोटाले बताए ।

समिटको पहिलो दिन सहकारी सुध्रिढीकरणको आधारः सहकार्य, एकता र विश्वास, सहकारी अभियानको शुद्धिकरण : कानुन कार्यन्वयन, एकीकरण र वर्गिकरण र सहकारीको वर्तमान आवश्यक्ताः साझा अभियानका लागि साझा सञ्जाल विषयमा विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुने संघका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले बताए ।

त्यसैगरी दोस्रो दिन सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण : भावी जोखिम र कार्यन्वयन रणनीति, दक्ष जनशक्ति पलायन : सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरण उपाय, प्रभावकारी सेवाका लागि जनशक्ति उत्पेरणा र सहकारी सुशासन प्रर्वद्धनमा : प्रविधिमैत्री कारोबारका विषयमा कार्यपत्र प्रस्तुत हुनुका साथै सहभागीहरुबीच छलफल हुने दाहालले बताए ।

समिटले वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएका समस्याको पहिचान गरी समाधानमा समेत मार्ग प्रशस्त गर्ने दाहालले बताए । बागमती प्रदेशमा करिब ८ हजार बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?