+
+

किम्फ जेठ १६ देखि काठमाडौंमा, ‘परिवर्तनको प्रतिध्वनि’ थिम

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते १७:३२

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २१ औं संस्करण जेठ १६ देखि २० गतेसम्म राष्ट्रिय सभागृहमा आयोजना हुने भएको छ ।

नयाँ आयोजक समूहको गठनपछि किम्फ पहिलोपटक हुन लागेको हो । यस वर्षदेखि किम्फ फाउण्डेसनले महोत्सव आयोजना गर्दैछ । यस वर्षको संस्करणको थिम ‘परिवर्तनको प्रतिध्वनि’ छ । यसपटक २० मुलुकका ६० फिल्म स्क्रिनिङ गर्ने जनाइएको छ ।

महोत्सवमा ‘इकोज अफ चेन्ज’को विषयवस्तुलाई केन्द्रमा राखेर वृत्तचित्र, फिक्सन, सर्ट्स, प्रयोगात्मक फिल्म र एनिमेसन प्रस्तुत स्क्रिनिङ गरिने भएको छ । ओपनिङ फिल्मको रुपमा सगरमाथाबारेको एक वृत्तचित्र हुने भएको छ ।

पहाडी समुदाय, संस्कृति, र वातावरणीय मुद्दाको कथावस्तुमा बन्ने फिल्म प्रदर्शन गरिने यो फेस्टिभलको क्रममा फिल्म प्रदर्शनसहित प्यानल छलफल, कार्यशाला, मास्टर क्लास, फोटो प्रदर्शनी पनि हुनेछन् ।

आयोजकले फेस्टिभलको अफिसियल पोस्टर पनि सार्वजनिक गरेको छ । आयोजक किम्फ फाउण्डेसनका बोर्ड सदस्य शेखर खरेलले यसपटकको महोत्सव भव्य बनाउन कोसिस भइरहेको बताए ।

यसपटक सगरमाथा दिवसको छेकोमा कार्यक्रम हुन लागेकाले सो सम्बन्धी फिल्मको स्क्रिनिङ र प्यानल छलफल हुने जनाइएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा फेस्टिभल आयोजना हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?