+
+

खुलामञ्चबाट उठ्यो नागरिक अधिकार आवाज

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १४:४७

७ फागुन, काठमाडौं । काठमाडौं खुलामञ्चबाट नागरिक अधिकार आवाज उठेको छ । मुक्त टुँडिखेल अभियान ‘अकुपाई टुँडिखेल’ ले नागरिक अधिकारका लागि सोमबार नागरिक भेला गरेको हो ।

खुलामञ्च सर्वसाधारणको पहुँचमा हुनुपर्ने आवाज उठाउँदै आएको अकुपाई टुँडिखेलले नागरिक अधिकारका लागि भेला गरेको हो ।

लामो समयदेखि खुलामञ्चमा महानगरपालिकाले ताल्चा लगाएर राखेको थियो । खेल मैदान बनाउन तयारी गरेर सम्याउन डोजर चलाएर सफा गरिरहेको चौरमा अभियन्ताहरू पुगेर नागरिक आवाज उठाएका हुन् ।

खुलामञ्चमा काठमाडौं महानगरपालिकाले खेल मैदान बनाउने तयारी गरेपछि चर्को विरोध हुँदै आएको छ । महानगरपालिकाले खेल मैदानका लागि दुबो रोप्न अहिले दैनिक ५० सरसफाइकर्मी परिचालन गरेर चौरमा भएको ढुंगा, फोहोर हटाउने काम गरिरहेको छ ।

महानगरपालिकाले कृत्रिम दुबो रोप्ने योजनाबाट पछाडि हटे पनि खेलमैदान बनाउने योजना भने यथावत नै राखेको छ । महानगरपालिकाका एक अधिकारीका अनुसार खुलामञ्चमा ४ वटा गोलपोस्ट र रेखाङ्कन गर्न बजेट समेत विनियोजन भइसकेको छ ।

 

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?