+
+

भारतीय सेयर बजारमा निफ्टीले बनायो नयाँ रेकर्ड

एजेन्सी एजेन्सी
२०८० फागुन ७ गते १७:५०

७ फागुन, काठमाडौं । भारतीय सेयर बजारमा ‘निफ्टी–५०’ सूचकले हालसम्मकै उच्च अंकको रेकर्ड बनाएको छ । भारतीय स्टक बजारमा सूचीकृत ५० वटा ठूला कम्पनीको भारित औसत मूल्य जनाउने यो हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

सोमबार निफ्टी ८१ अंक बढेर २२,१२२ अंकमा बन्द भयो । कारोबार बन्द हुँदा यो अंक हालसम्मकै उच्च हो । यद्यपि सोमबार कारोबार भइरहँदा यो सूचक २२,१८६ अंकसम्म पुगेको थियो । जुन अंक अहिलेसम्मकै उच्च हो ।

त्यस्तै बीएससी सेन्सेक्स २८१ अंक बढेर ७२,७०८ अंकमा पुगेको छ । बीएससी पनि केही दिनदेखि बढिरहेको छ । यद्यपि पछिल्लो ५२ साताको कारोबारलाई हेर्दा बीएससी सूचक उच्चतम ७३,४२७ अंकसम्म पुगेको छ ।

अरु मुलुकको तुलनामा सन् २०२४ मा भारतीय अर्थतन्त्रको वृद्धि मजबुत रहने प्रक्षेपण भइरहँदा विश्वका लगानीकर्ताले स्टक मार्केटमा लगानी बढाएको भारतीय सञ्चारमाध्यमको दाबी छ । यसले भारतका कर्पोरेट क्षेत्रको बिजनेस पनि बढ्ने अनुमान छ । अर्कोतर्फ राजनीतिक स्थिरता बढ्ने विश्वासले पनि बजारलाई सकारात्मक टेवा पुगेको जियोजित फाइनान्सियल सर्भिसका अनुसन्धान प्रमुख विनोद नायरले टिप्पणी गरेका छन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?