+
+

वीरगञ्जको कर्फ्यु यथावत्, सर्वदलीय बैठकपछि अर्को निर्णय हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १०:२०

८ फागुन, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा जारी गरेको कर्फ्यु आदेश यथावत् रहेको छ ।

सोमबार बेलुकी ५ बजेदेखि अनिश्चितकालका लागि जारी भएको कर्फ्यु आज बिहान ६ देखि १० बजेसम्म खुकुलो बनाइएको थियो । सर्वसाधारणको सुविधालाई ध्यानमा राखी बिहान खुकुलो गरिएको भए पनि कर्फ्यु यथावत् रहेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।

साढे ११ बजे सर्वपक्षीय भेला गरेर छलफल गर्ने र त्यसको आधारमा कर्फ्यु के गर्ने भन्नेबारे निर्णय लिने उनले बताए ।

पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी भएको छ ।

रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा भएको विवादलाई लिएर वीरगञ्जमा प्रदर्शन भएको थियो ।

वीरगञ्जमा भएको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यु आदेश जारी भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?