+
+

सेयर बजारमा ९० कम्पनीको मूल्य बढ्दा १५० को घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १५:१८

८ फागुन, काठमाडौं । मंगलबार सेयर बजारमा अधिकांश कम्पनीको मूल्यमा गिरावट आएको छ । जम्मा ९० कम्पनीको मूल्य बढ्दा १५० को घटेको छ भने ९ को स्थिर रह्यो ।

समग्र बजारको परिसूचक नेप्से  १.७६ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०३३ अंकमा कायम भएको छ । दिनभर कुल ३ अर्ब ११ करोडको कारोबार भयो । अन्य समूह सबैभन्दा धेरै १.१ प्रतिशत बढ्यो । हिमालयन रिइन्स्योरेन्सको मूल्य ४.७ प्रतिशत बढ्दा अन्य समूहलाई बढ्न टेवा पुग्यो ।

बैंकिङ ४, होटल तथा पर्यटन ९, हाइड्रोपावर ८, जीवन बीमा ४२, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ३ र ब्यापार समूह ९ अंक घटे । अन्य १९, उत्पादन ४०, फाइनान्स १२ तथा विकास बैंक समूह १० अंक बढे ।

बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । पिपुल्स हाइड्रोपावरको ७.९ तथा हिमालयन रिइन्स्योरेन्सको ४.७ प्रतिशत मूल्य बढ्यो । ग्रीनलाइफ हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । कम्पनीको संस्थापक समूहको सेयरमा लकइन खुलेसँगै मूल्य उच्च दरमा घट्यो ।

किसान लघुवित्त वित्तीय संस्थाको ७.७, खानीखोला लघुवित्तको ४.८, आशा लघुवित्तको ४.५ तथा सामलिङ पावरको मूल्य ४.२ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, साना किसान विकास लघुवित्त, जोशी हाइड्रोपावर, ङादी ग्रुप पावर र दोर्दीखोला जलविद्युत् कम्पनी क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?