+
+

प्रदीप पौडेलको पूरक संकल्प प्रस्ताव : सुशासनको प्रतिबद्धतामाथि जनताले शंका गर्न थाले

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते ११:३९

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सुशासन र सदाचारमा पार्टी नेतृत्वको प्रतिबद्धतामाथि जनताले प्रश्न र शंका गरेको बताएका छन् ।

पार्टीले महासमिति बैठकबाट लिनुपर्ने संकल्पका थप विषयहरु महासमिति बैठकका सदस्यबीच राखेका छन् । ‘वैचारिक रुपमा ठीक ठाउँमा भए पनि सांगठनिक, कार्यक्रमिक, व्यवहारिक र नैतिक रुपमा हामी पार्टीलाई सुधार होइन, पुनर्गठन नै गर्नुपर्ने ठाउँमा छौं,’ पौडेलको पूरक संकल्प प्रस्तावमा भनिएको छ ।

पोडैलले २८ बुँदे पूरक संकल्प राख्दै डिजिटल पार्टी’ बनाउनुपर्ने तर्क राखेका छन् । टिकट वितरणका लागि बनाइएका सबै तहका संसदीय समिति र बोर्ड तत्काल खारेज गनुपर्ने पौडेलको पूरक संकल्प प्रस्तावमा भनिएको छ ।

पार्टीका भ्रातृ संघसंस्थामा कसैलाई पनि मनोनित गर्नु स्वतः अवैध हुनेगरी विधान संशोधन गनुपर्ने प्रस्ताव पौडेलको छ ।

विज्ञहरूसमेत सम्मिलित गरी ६ महिनाभित्र देश विकासको पाँच, दस र पन्” वर्षे भिजन पेपर तयार गनुपर्ने पौडेलको संकल्प प्रस्तावमा भनिएको छ । आउँदो महाधिवेशन अगाडि नै विधान संशोधन गरेर सदस्यता एकै प्रकारको बनाउनुपर्ने पौडेलको राय छ ।

पूरक संकल्प प्रस्तावका रुपमा पौडेलले महासमिति सदस्यलाई राखेको विचार :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?