+
+

गृहमन्त्रीलाई प्रदीप पौडेलको प्रश्न : निर्दोष भए छानबिन समिति बनाउन किन अप्ठेरो ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते १२:३५

२६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री रवि लामिछानेलाई सरकारी प्रकरणमा निर्दोष भए संसदीय छानबिन समिति गठन गर्न किन तयार नभएको भन्दै प्रश्न गरेका छन् ।

सामेबार काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागबाट कांग्रेस पछि नहेटेको बताउँदै गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘छानबिनका लागि निर्दोष छु भन्नेहरु किन तयार नहुनुभएको त ? निर्दोष भए त झनै छानबिन गरेर निर्दोष सावित हुनु राम्रो हुन्छ । दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो भयो ।’

सांसद पौडेलले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरुमा पनि संसदीय छानबिन समितिहरु बन्ने गरेको स्मरण गराए ।

उनले सरकारले सुशासन कायम गर्न सुशासनका सबै मान्यतालाई अंगीकार गर्नुपर्ने भन्दै भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्न आजसम्म भएका अनियमितताको छानबिन अपरिहार्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?