+
+

पर्खेर बसौं, कांग्रेस फेरि सरकारमा पुग्छ : प्रदीप पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १६:०३

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफ्नो पार्टी फेरि सत्तामा पुग्ने बताएका छन् ।

मंगलबार कांग्रेस नेता नवीन्द्रराज जोशीको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले सत्ता गठबन्धन स्थायी नहुने भएकाले कांग्रेस फेरि सरकारमा पुग्ने बताएका हुन् ।

‘पर्खेर बसौं–कांग्रेसलाई यो देशले आफैं फेरि सत्तामा पुर्‍याउँछ । त्यसका निम्ति हतार नगरौं । अहिले जुन गठबन्धन बनेको छ । त्यो गठबन्धन चीरस्थायी हुँदैन । चिरञ्जीवी हुँदैन । उहाँहरु आफैंमा झगडा गरेर यो गठबन्धन समाप्त हुनेछ’, उनले भने ।

नेता पौडेलले कांग्रेसका लागि सत्ता ठूलो नभएको भन्दै सत्तामा पुगेपछि देश र जनताको पक्षमा गर्ने कामको भने दृष्टिकोण बनाएर बस्नुपर्ने धारणा राखे ।

‘नेपाली कांग्रेस सत्तामा जाँदैगर्दा किन जाने हो, के गर्न जाने हो, कुन कुन क्षेत्रमा कसरी काम गर्ने हो ? भन्ने कुरा प्रष्ट हुनुपर्छ । अहिले देखिएका बेथितिहरुको अन्त्य कसरी गर्ने हो ? त्यसको फेहरिस्त हामीसँग हुनुपर्छ’, नेता पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?