+
+

प्रशिक्षार्थी कर्मचारी नियुक्ति गर्न खोजेको विषयमा शिक्षामन्त्रीसँग जवाफ माग

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १२:४६

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सरकारी कर्मचारीलाई पन्छाएर प्रशिक्षार्थी कर्मचारी नियुक्ति गर्न खोजेको विषयबारे जवाफ माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले भने, ‘सरकारी कर्मचारीलाई पन्छाएर नयाँ नियुक्ति गरेर नयाँ जिम्मेवारी दिने कोसिस गरिएको खबर आइरहेको छ । यी तमाम् विषय संसद्लाई जानकारी गराइनुपर्छ ।’

हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रशिक्षार्थी कर्मचारी परिचालन गर्न नयाँ कार्यविधि ल्याएको छ । उक्त कार्यविधिका सन्दर्भमा कांग्रेस सांसद पौडेलले जवाफ माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?