+
+

कांग्रेसको चन्दा संकलन घट्यो, लेभीमा पनि उल्लेख्य कमी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते ११:४५

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसको गत वर्षको आम्दानी घटेको छ । केन्द्रीय लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले महासमिति बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को लेखा परीक्षण प्रतिवेदन अनुसार चन्दा दिनेहरु घटेका छन् । लेभी र नवीकरण शुल्कमा उल्लेख्य कमी आएको छ ।

कांग्रेसले आ.व.२०७८/७९ मा सदस्यता, लेभी र नवीकरण शुल्क वापत ७ करोड ४३ लाख ०३ हजार ५ सय १ रुपैयाँ आम्दानी गरेको थियो । आर्थिक वर्ष २०७९/८० मा भने सदस्यता, लेभी र नवीकरण शुल्कमै साढे ६ करोड भन्दा बढीले कमी आएको छ ।

आ.व.२०७९/८० मा सदस्यता, लेभी र नवीकरण शुल्क वापत ५७ लाख ६० हजार ८ सय रुपैयाँ मात्र आम्दानी भएको कांग्रेसको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

आ.व.२०७८/७९ मा कांग्रेसको जम्मा आम्दानी रु. १४ करोड ८९ लाख ९४ हजार ८७ रुपैयाँ थियो । आ.व.२०७९/८० मा भने कांग्रेसले जम्मा ३ करोड ६४ लाख ७६ हजार २ सय ९७ रुपैयाँ आम्दानी देखाएको छ ।

आ.व.२०७८/७९ मा चन्दा तथा सहयोग वापत ६ करोड ६८ लाख २४ हजार रुपैयाँ, प्रकाशन बिक्रीबाट ११ लाख ४९ हजार ४ सय रुपैयाँ र व्याज आम्दानी बापत ६७ लाख १७ हजार १ सय ८५ रुपैयाँ आम्दानी गरेको थियो ।

गत वर्ष चन्दा तथा सहयोग वापत २ करोड ६५ लाख ६४ हजार ५ सय ७७ रुपैयाँ, प्रकाशन बिक्रीबाट ९४ हजार ६ सय पचास रुपैयाँ, लिलाम बिक्री बापत २ लाख २५ हजार रुपैयाँ र व्याज आम्दानी बापत ३८ लाख ३१ हजार २ सय ७० रुपैयाँ आम्दानी गरेको कांग्रेसले जनाएको छ ।

आ.व.२०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष कांग्रेसलाई चन्दावाफत ४ करोड कम प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।

आम्दानीसँगै खर्चमा पनि गिरावट

कांग्रेसको आम्दानी अघिल्लो वर्षको तुलनामा गत वर्ष ४ करोड ३५ लाख १८ हजार ८२३ कम भएको छ ।

‘पार्टीको आ.व. २०७८/०७९ मा साधारण जगेडा कोषको रकम रु. ६ करोड ९६ लाख ५९ हजार १ सय २३ रुपैयाँ भएकोमा आ.व.२०७९/८० मा उक्त रकममा केही कमी आई रकम रु.२ करोड ६१ लाख ४० हजार ३ सय रुपैयाँ कायम भएको थियो’ प्रतिवेदनमा उल्लेख छ ।

पार्टीको आ.ब. २०७८/७९ मा कूल स्थिर सम्पत्ति ५ करोड ७६ लाख ३७ हजार ६ सय ७० रुपैयाँ रहेकोमा आ.व.२०७९/८० मा ह्रासकट्टी पश्चात ५ करोड ५३ लाख ५५ हजार ७ सय ११ रुपैँया रहेको प्रतिवेदनमा उल्लेख छ ।

आ.व.२०७८/७९ को तुललनामा आ.व.२०७९/८० मा पार्टीको मुद्दती बचत २ तिहाइले कम भई १० करोडबाट ३ करोडमा झरेको प्रतिवेदनमा उल्लेख छ ।

आ.व.२०७८/७९ मा पार्टीको कूल नगद तथा बैंक मौज्दात ७ करोड ६३ लाख ९१ हजार १ सय रुपैयाँ रहेकोमा आ.व.२०७९/८० मा उक्त मौज्दात रकम १ करोड ९४ लाख १६ हजार ५ सय २५ रुपैयाँ मात्र रहन गएको छ ।

कांग्रेसले आ.व.२०७८/०७९ मा चौधौं महाधिवेशन तथा सम्मेलन सम्पन्न गरेको थियो । जसमा १२ करोड २१ लाख ९७ हजार ७ सय ७ रुपँैया खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनमा आ.व. २०७८/७९ मा १ करोड १५ लाख ६५ हजार २ सय १० रुपैयाँ खर्च भएको जनाइएको छ ।

कार्यालय सञ्चालन बापत ४ करोड ११ लाख ५६ हजार १ सय ०३ रुपैयाँ र ह्रास कट्टी तथा अपलेखन बापत ४१ लाख ५९ हजार २ सय ०१ रुपैयाँ खर्च व्यवस्था गरिएको थियो । प्रतिवेदन अनुसार जम्मा खर्च १७ करोड ९० लाख ७८ हजार २ सय २२ रुपैयाँ रहेको छ ।

कांग्रेसले आ.व.२०७९/८० मा निर्वाचन खर्चमा ३ करोड ८८ लाख ५७ हजार ९ सय ९३ रुपैयाँ खर्च गरेको थियो ।

कार्यालय सञ्चालन बापत ३ करोड २२ लाख ५० हजार ४ सय ३२ रुपैयाँ, भातृ संगठन सम्बन्धी खर्च बापत ४९ लाख ६० हजार रुपैयाँ र ह्रास कट्टी तथा अपलेखन बापत ३९ लाख २६ हजार ६ सय ९६ रुपैयाँ खर्च व्यवस्था गरिएको थियो । प्रतिवेदन अनुसार जम्मा खर्च ७ करोड ९९ लाख ९५ हजार १ सय २१ रुपैयाँ खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?