+
+

नेपाल ए ले क्यानडाविरुद्ध ब्याटिङ गर्दै, आशुतोष, सुजन र हेमन्तलाई मौका

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते ९:३८

१० फागुन, काठमाडौं । नेपाल एले क्यानडा-११ सँगको एकदिवसीय शृङ्खलाअन्तर्गत आज तेस्रो तथा अन्तिम खेलमा पहिले ब्याटिङ गर्दैछ ।

मुलपानी क्रिक्रेट मैदानमा क्यानडा-११ ले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।

यसअघि भएका २ खेलमध्ये पहिलो खेल क्यानडा-११ ले ४ विकेटले जितेको थियो भने दोस्रो खेल नेपालले २ विकेटले जित्दै शृङ्खला १-१ को बराबरी गरेको छ ।

आजको खेलमा नेपालले दोस्रो खेलको प्लेइङ ११ मा ४ परिवर्तन गरेको छ ।  विवेक यादव, किरण ठगुन्ना, मयन यादव र रिजन ढकाललाई आराम दिंदै आशुतोष घिरैया, सुजन थपलिया, हेमन्त धामी र प्रतिश जिसीलाई खेलाइएको छ ।

आजको खेल जित्ने टोलीले यो शृङ्खला २-१ ले जित्नेछ ।

नेपालले पहिलो खेल विनोद भण्डारीको कप्तानीमा खेलेको थियो भने दोस्रो खेल सन्दीप जोराको कप्तानीमा खेलेको थियो ।

नेपालको प्लेइङ ११

सन्दीप जोरा, अर्जुन कुमाल, बसिर अहमद, रासिद खान, सागर ढकाल, साहब आलम, शेर मल्ल, आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जि.सी.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?