+
+

नेपाल र साउदी अरबबीचको खेल केही ढिला हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ५ गते १२:०९

५ वैशाख, काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरबबीचको खेल केही ढिलो सुरु हुने भएको छ ।

मंगलबार राति मैदानमा वर्षा र हाबाहुरी लागेको थियो । त्यसैले मैदानको पिचमा पानी पसेपछि खेल एक घण्टा ढिलो हुने भएको हो । पिचमा पानी पसेपछि अर्कोमा गराउने तयारी भएको छ ।

खेल अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा सुरु हुनेछ ।

नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ । त्यसैले आजको खेल नेपाललाई प्रतिष्ठाका लागि मात्रै हुनेछ ।

साउदी अरेबिया ३ खेलमा २ मा हार र एकमा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाललाई हराउन सके ४ अंकका साथ सेमिफाइनल खेल्ने साउदीको बलियो सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?