+
+

नेपाल र हङकङबीचको खेल हुनुअघि मैदानमा वर्षा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते ११:१५

‍‍३ वैशाख, काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङबीचको खेल वर्षाको कारण प्रभाजित हुने भएको छ ।

खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड-१ मा सुरु हुने तालिका छ । तर, हाल खेल हुने मैदानमा हल्का वर्षा भइरहेको छ । पिच कभरले ढाकिएकोछ । त्यसैले खेलमा ओभर घटेर केहि ढिलो सुरु हुने देखिएको छ ।

पानी रोकिएपछि मात्रै टसको समय निर्धारणत हुनेछ । टस नियमित समय अनुसार ११: १५ मा हुनुपर्ने हो । तर, त्यो ढिला हुनेछ ।

दुवै टोलीका खेलाडी भने मैदानमा आई पुगिसकेका छन् । ओमानमा उच्च गर्मी हुँदा वर्षा रोकिएको केही समयपछि नै खेल खेल्न सुरु हुनेछ ।

नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । उता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो ।

नेपाल र हङकङबीच ९ टी-२० आई खेल भएका छन् । दुवै टोली समान ४ खेलमा विजयी हुँदा एक खेल वर्षाको कारण रद्द भएको थियो ।

पछिल्ला पाँच भेटमा नेपाल २ खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको थियो । १० टोली सहभागी प्रिमियर कपको विजेताले एसिया कप टी-२० प्रतियोगिता खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?