+
+

वर्षाका कारण नेपाल र हङकङबीचको खेल १८ ओभरमा छोट्याइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १२:३८

‍‍३ वैशाख, काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा वर्षाले प्रभावित भएपछि नेपाल र हङकङबीचको खेलमा ओभर घटाइएको छ । खेल १८/१८ ओभरमा छोट्याइएको छ ।

खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड-१ मा सुरु हुने तालिका थियो । तर, वर्षाको कारण ढिलो भयो । वर्षा रोकिएसँगै मैदानमा काम भइराखेको छ । खेल नेपाली समय अनुसार अब १२ : ४५ देखि सुरु हुनेछ ।

नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

उता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?