News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा जारी २०औं एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालले शनिबार दोस्रो खेलमा जापानसँग बिहान पौने ६ बजे कोरोगी स्पोर्ट्स पार्कमा खेल्दै छ।
- जापानमा शनिबार बिहानदेखि दिनभरजसो वर्षाको सम्भावना रहेकाले खेल नहुने भए दुवै टोलीले अंक बाँड्नेछन्।
- अंक बाँडिए नेपाल २ खेलमा ३ अंकसहित समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनलमा पुग्नेछ।
९ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले शनिबार जापानसँग खेल्दै छ ।
जापानको आइची, निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ६ बजेदेखि सुरु हुनेछ ।
यद्यपी उक्त खेलका लागि मौसमले साथ नदिने सम्भावना पनि छ । जापानमा शनिबार बिहानदेखि दिनभरजसो वर्षाको सम्भावना देखिएको छ ।
वर्षाका कारण खेल हुनै नसकेमा दुवै टोलीले अंक बाँड्नेछन् । यसो भएमा नेपाल २ खेलमा ३ अंकका साथ समूह ‘ए’ को विजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।
समूह ‘ए’ बाट अफगानिस्तान यसअघि नै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । शुक्रबार भएको खेलमा नेपालसँग पराजित भएपनि अफगानिस्तान क्वाटरफाइनल पुगेको हो ।
नेपालले अफगानिस्तानमाथि ५ विकेटको जित निकालेको थियो । त्यसअघि अफगानिस्तानले जापानलाई हराएको थियो ।
नेपाल समूहविजेता भएमा क्वाटरफाइनलमा श्रीलंकासँग खेल्नेछ । समूह उपविजेताले भारतसँग खेल्नेछ ।
समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान छन् । शनिबार मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतिक्रिया 4