+
+

बागमतीका सभापति बोल्दा कांग्रेस महासमिति बैठकमा नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १६:५५

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा नाराबाजी भएको छ । गण्डकी र बागमती समूहबाट आएका सुझावहरु समापन कार्यक्रममा बागमतीका सभापति इन्द्र बानियाँले पस्तुत गर्दा नाराबाजी भएको हो ।

बुधबार र विहीबार प्रतिनिधिहरुले राखेका विचारहरु भन्दा फरक तरिकाले बानियाँले समूहको सुझाव पढेपछि महासमिति सदस्यले नाराबाजी गरेको एक नेताले भने ।

‘चुनावी गठबन्धन गर्न हुँदैन भन्ने सुझाव राख्ने समूहमा ठूलो संख्या छ । उनले सुझावहरु एकमुष्ट गरेर प्रतिवेदनका रुपमा पढ्दा गठबन्धनको विपक्षमा खासै मत नआएको पढ्नुभयो,’ गण्डकी र लुम्बिनी समूहमा रहेका एक नेताले जानकारी गराए ।

प्रदेश सभापति बानियाँको प्रतिवेदन सच्याउनुपर्ने माग सहित उठेर सहभागीले विरोध गरेपछि केही समय समापन कार्यक्रम प्रभावित भएको थियो ।

महामन्त्री गगन थापाले प्रदेशबाट आएका सबै प्रकृतिका सुझावहरु सम्मिलित गरेर अन्तिम निर्णय आउने आश्वास दिएपछि नाराबाजी रोकिएको सहभागी प्रतिनिधिले जानकारी गराए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?