+
+

मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गरियोस् : एमाले

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते ११:३१

११ फागुन, काठमाडौं । नेकपा एमालेले मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै एमालेका सांसद योगेश भट्टराईले मिटरब्याज पीडितको मागमा सरकार गम्भीर नभएको आरोप समेत लगाएका छन् ।

‘किन मिटरब्याज पीडितको माग सम्बोधन भएन ?’ उनले प्रश्न गरे ।

लघु वित्तको समस्या समाधान गर्न र बैंक तथा वित्तीय संस्थालाई आतंकित गर्ने काम नगर्न पनि उनले सरकारलाई भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?