+
+

शनिबार काठमाडौंमा हिपहप मेला हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १३:४०

काठमाडौं । अमेरिकी दूतावासको आयोजनामा शनिबार काठमाडौंमा हिपहप मेला हुने भएको छ । ‘खुलौं बोलौं’ थिमसहित हुने मेला दरबारमार्गस्थित अन्नपूर्ण पेभेलियनमा आयोजना हुने जनाइएको छ ।

मेलामा नेपाली र अमेरिकी कलाकारले प्रस्तुति दिनेछन् । ‘यो कार्यक्रमले नेपाली कलाकारलाई नृत्य, संगीत, प्रस्तुति र प्रदर्शनीमार्फत आफ्नो कला नागरिक र समुदायसम्म पुर्‍याउने अद्वितीय अवसर प्रदान गर्दछ,’ दूतावासले भनेको छ ।

लाइभ ग्राफिटी आर्ट र भिजुअल आर्ट प्रदर्शनी कार्यक्रमको महत्वपूर्ण आकर्षणको रुपमा रहेको जनाइएको छ । कार्यक्रममा दर्शकले नेपाल र अमेरिकी हिपहप कलाकारको प्रस्तुति हेर्न पाउने उल्लेख छ ।

दूतावासका अनुसार नेपाली हिपहप कलाकारहरु आशिष राना ‘लाउरे’, फेथओम ब्याण्ड, भ्योमा, प्रोफेसर ट्राही, आमाजुमीले पनि प्रस्तुति दिने जनाइएको छ ।

स्ट्रिट आर्टिस्टमार्फत सडक कलालाई धेरैभन्दा धेरै दर्शकमाझ पुर्‍याउने उद्देश्य मेलाको रहेको दूतावासले जनाएको छ । फेब्रुअरी १६ देखि सुरु भएको द आर्ट्स इन्भोय हिपहप प्रोग्राम-२०२४ अन्तर्गत यो कार्यक्रम हुन लागेको हो । यो प्रोग्राम फेब्रुअरी २६ मा सकिंदैछ ।

हिपहप संगीत र नृत्य थालनी भएको ५० औं वर्षगाँठ मनाउन दूतावासले केही अमेरिकी हिपहप कलाकारलाई नेपाल ल्याएको छ । उनीहरुले काठमाडौं र विराटनगरमा कार्यशाला आयोजना गर्दै हिपहप कलालाई युवामाझ प्रस्फुटन गराउन कार्य गरिरहेका छन् । कलामार्फत नेपाल र अमेरिकी संस्कृतिको अनुभव साटासाट गर्ने उद्देश्य यो कार्यक्रमको छ ।

आर्ट्स इन्भोय कार्यक्रमअन्तर्गत यतिबेला नेपालमा माजी मुताफा, सब्सटेन्सियल, साना लिम, डिजे फ्लेग, वाल्सी फायरजस्ता विश्व चर्चित कलाकार रहेका छन् । रेकर्ड निर्माता समेत रहेका फायरले एलओडी क्लबमा बुधबार बेलुका प्रस्तुति समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?