+
+

मानसिक स्वास्थ्यमा सरकारले चासो देखाएन : सांसद बराल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १२:४७

१३ फागुन, काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले मानसिक रोगप्रति सरकारले रणनीतिक योजना बनाएर काम गर्नुपर्ने बताएकी छन् ।

आईतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपालीमा मानसिक समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । ‘केही दिनअघि ललितपुरमा एक महिलाले आफ्ना दुई बच्चाको हत्या गरी आत्महत्या गरिन् । त्यस्तै काठमाडौंमा तीन जनाको हत्या गरी एक पुरुषले आत्महत्या गरे । आत्महत्याको दर अत्यासलाग्दो तरिकाले बढिरहेको छ । यसतर्फ सरकारको ध्यान जान आवश्यक छ,’ सांसद बरालले भनिन् ।

उनले आत्महत्याको समस्या पछिल्लो समय झनै बढेको भन्दै मानसिक समस्याका कारण समाजमा अपराध र अपराधिक घटना बढिरहेको बताइन् । यस्ता घटनाक्रम हुँदा पनि सरकारले मानसिक स्वास्थ्यमा चासो नदिएको उनको आरोप थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?