+
+

योगेश्वर वाङ्मय पुरस्कार कवि विमल वैद्य र ग्रेगरी कला साहित्य पुरस्कार भरत गुरुङलाई

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १६:२०

काठमाडौं । नेपाली कला साहित्य डटकम प्रतिष्ठानले यस वर्षको योगेश्वर वाङ्मय पुरस्कार कवि विमल वैद्यलाई प्रदान गर्ने भएको छ । यस्तै ग्रेगरी कला साहित्य पुरस्कार संस्कृति साधक भरतकुमार गुरुङलाई प्रदान गर्ने प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

योगेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्कीद्वारा स्रष्टा एवं समाजसेवी आफ्ना पिता योगेश्वर कार्कीका नाममा स्थापित पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । कला संस्कृतिविद् प्रा. डा. ग्रेगरी जी मस्कारिनेकका नाममा स्थापित ग्रेगरी कला संस्कृति पुरस्कार २० हजार रुपैयाँ राशिको छ ।

काठमाडौं उपत्यकाबाहिरका स्रष्टालाई प्रोत्साहित गर्ने उद्देश्यले स्थापना गरिएका यी दुवै पुरस्कार यही फागुन २६ गते ताप्लेजुङमा हुने विशेष सिर्जना उत्सव समारोहमा हस्तान्तरण गरिने प्रतिष्ठानकी अध्यक्ष एवं साहित्यकार मोमिलाले जनाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?