+
+

भागीरथी श्रेष्ठ र धर्मेन्द्र झालाई दधिराज सुवेदी पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३० गते २०:०६

३० मंसिर, विराटनगर । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले साहित्यकार भागीरथी श्रेष्ठ र पत्रकार धर्मेन्द्र झालाई पुरस्कृत गरेकाे छ ।

शनिबार विराटनगरमा कार्यक्रमकाे आयाेजना गर्दै प्रतिष्ठानले साहित्यकार श्रेष्ठ र राष्ट्रिय समाचार समिति रासस अध्यक्ष झालाई सम्मान तथा पुरस्कार प्रदान गरेकाे हाे ।

श्रेष्ठलाई ५१ हजार राशीकाे राष्ट्रिय भाषा साहित्य पुरस्कार र झालाई २५ हजार राशीकाे राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेकाे हाे । प्रतिष्ठानले प्रदान गरेकाे पुरस्कारकाे आठौं संस्करण हाे ।

प्रतिष्ठानले आयाेजना गरेकाे कार्यक्रममा नेपाली कांग्रेस नेता डा. शेखर काेइरालाले श्रेष्ठ र झालाई पुरस्कार प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?