+
+

नारायणी अस्पतालमा शिशु छाडेर आमा बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १६:४१

१३ फागुन, काठमाडौं । नारायणी अस्पताल, वीरगञ्जमा छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि एक जना महिला नवजात शिशु छाडेर हिँडेकी छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साका डीएसपी कुमार विक्रम थापाका अनुसार, १२ फागुनमा एक जना महिलाले शिशुलाई जन्मदिएकी थिइन् ।

तर, साँझ ती महिला र उनको सासु बच्चालाई छाडेर सम्पर्कविहीन भएको भन्दै जानकारी आएको थापाले अनलाइनखबरलाई बताए ।

प्रहरीका अनुसार, ती महिलाले अस्पतालमा भर्ना हुँदा आफ्नो नाम ‘सीता देवी’ र ठेगाना ‘रानीघाट–६, वीरगञ्ज’ टिपाएकी थिइन् । प्रहरीले भने नाम र ठेगाना समेत गलत टिपाएको जस्तो देखिएको बताएको छ ।

‘योजनाबद्ध रुपमा नै छाडेर हिँडेको जस्तो देखिन्छ’, थापाले भने, ‘यद्यपि, सीसी टीभी फुटेज लगायतका आधारमा खोजी गरिरहेका छौं ।’ उनीहरुलाई देख्नेहरुले भने शिशुलाई जन्मदिएकी महिला र उनको सासुबीच अस्पतालमा झगडा भएको देखेको बताएका छन् ।

उनीहरुले मोबाइल नम्बर पनि टिपाएका थिएनन् ।

यता काठमाडौंमा भने थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा शुक्रबार शिशु चोरी गरेको आरोपमा पक्राउ परेकी महिलाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धकको कसूरमा अनुसन्धान अघि बढाएको छ ।

विवाह गरेको तीन वर्ष भइसक्दा पनि सन्तान नभएपछि उनले शिशु चोरेको अनुसन्धानबाट देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?