+
+

महिला क्रिकेटरको नयाँ ग्रेडिङ, कसले कति पाउनेछन् तलब ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १४:३९
नेपाली महिला क्रिकेट टिमको फाइल तस्वीर ।

१४ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटरको ग्रेडिङ गर्दै नयाँ तलब निर्धारण गरेको छ ।

क्यानको सोमबार बसेको बैठकले १९ जना महिला क्रिकेटरलाई सेन्ट्रल कन्ट्र्याक्टमा राख्ने निर्णय गरेको छ । यसअनुसार ग्रेड एमा कप्तान इन्दु बर्मासँगै रुबिना क्षेत्री र सीता राना मगर छन् । ग्रेड बीमा कबिता कुँवर मात्र छिन् भने सी ग्रेडमा  पूजा महतो र अश्मिना कर्माचार्य र ग्रेड डीमा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र बिन्दु रावल परेकी छन् ।

इमर्जिङ क्याटगोरीमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कञ्चन श्रेष्ठ, रुबि पोद्दार, सृष्टि जैसी, सम्झनाकुमारी खड्का र सना प्रविन छन् ।

क्यानका अनुसार ग्रेड एमा पर्ने महिला क्रिकेटरले मासिक ५० हजार रुपैयाँ तलब पाउने छिन् भने बी ले ३५ हजार, सीले ३० हजार, डीले २५ हजार र इमर्जिङ क्याटगरीमा परेका क्रिकेटरले मासिक २० हजार तलब पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?