+
+

क्रिटिकल हुने नाममा विरोधवाद देखा पर्‍यो : गृहमन्त्री श्रेष्ठ

‘नियतमाथि शंका गरेर छलफल बहस गरेर पनि हाम्रो देश धेरै पछाडि गएको हो’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १५:३८

१४ फागुन, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आलोचनात्मक हुने नाममा विरोधवाद देखा परेको टिप्पणी गरेका छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । संसदीय व्यवस्थामा प्रतिपक्षले सरकारमाथि औंला ठड्याउनुको उदेश्य सरकारलाई सच्याउने हुनुपर्ने उनको भनाइ छ ।

‘संसदीय व्यवस्थाको सुन्दर पक्ष पनि हो सरकारले गल्ति गर्‍यो भने पतिपक्षले औंला ठड्याउँछ र सरकार करेक्सन गर्ने बाटोमा जान्छ । त्यसकारणले यस प्रकारको डेमोक्रेसीको औचित्य भएको हो’ गृहमन्त्री श्रेष्ठले थपेका छन्, ‘तर, यसको कमजोर पक्ष पनि छन्, सीमा पनि छन् ।’

आलोचनात्मक हुने नाममा विरोधवाद देखा परेको र यो गलत भएको उनले बताए ।

‘नियतमाथि शंका गरेर छलफल र बहस गरेर पनि हाम्रो देश धेरै पछाडि गएको हो’ गृहमन्त्री श्रेष्ठले अगाडि भनेका छन्, ‘क्रिटिकल हुने नाममा विरोधवादको सिकार हुने । त्यसो पनि हामीले गर्न हुन्न ।’

जो प्रतिपक्षमा रहेता पनि आलोचनाको नाममा विरोध गर्ने प्रवृति देखा परेको उनको टिप्पणी छ । उनी थप्छन, ‘म अहिलेको प्रतिपक्षलाई मात्रै भन्दिन । जो पतिपक्ष भएपनि हाम्रो समस्या त्यही (विरोधवाद) छ ।’

सरकार आफैँ सचेत हुनुपर्ने र आफैँ सचेत हुन नसकेको अवस्थामा प्रतिपक्षको खबरदारी आवश्यक हुने उनलाई लाग्छ ।

गृहमन्त्री श्रेष्ठ भन्छन्, ‘सरकार काम गर्दै जाँदा अलि बढी अथुरेटेरेयन हुने खतरा हुन्छ । त्यसकारण सरकार आफैँ सचेत हुनुपर्छ । म सँग सत्ता छ त्यसकारणले अनडेमोक्रेटिक हुने, नोकरशाही हुने, निरकुश हुने खतराबाट आफैँ बच्नुपर्छ । ऊ बच्न नसकेको अवस्थामा प्रतिपक्षले बचाउनुपर्छ र सही ट्रयाकमा लैजानुपर्छ ।’

साथै राष्ट्रिय आवश्यकताको सन्दर्भमा प्रतिपक्ष समेत सहमतिमा आउनुपर्ने उनको भनाइ छ । गृहमन्त्री श्रेष्ठले भनेका छन्, ‘…प्रतिपक्षले पनि राष्ट्रिय अवश्वकताको सन्दर्भमा सहमति कायम गरेर अगाडि बढ्नुपर्ने विषयहरुलाई सहमतिको विषय बनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?