+
+

भारतीय गायक पंकज उदासको निधन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १७:११

काठमाडौं । भारतीय गायक पंकज उदासको सोमबार ७२ वर्षको उमेरमा निधन भएको छ । उनको निधनको जानकारी छोरी नायबले सामाजिक सञ्जालमार्फत दिएकी छन् । गायक उदास केही दिनदेखि बिरामी थिए ।

मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा सोमबार बिहान ११ बजे गायक उदासको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गजल ‘चिठी आई है’बाट उनले निकै चर्चा पाएका थिए ।

उदासको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनी आफ्ना तीन भाइमध्ये कान्छा थिए । पंकजले सुरुमा गायनमै करिअर बनाउने सोचेका थिएनन् । त्यसबेला भारत र चीनबीच युद्ध चलिरहेको थियो ।

भारतीय सिनेमा र पप संगीतको उनको योगदान असाधारण मानिन्छ । सन् १९८० मा रिलिज भएको एल्बम ‘आहत’बाट उनी चर्चित भए । त्यसपछि उनले मुकरार, तरन्नुम र मेहफिलजस्ता हिट गीत दिए ।

उनको ‘चाँदी जैसा रङग है तेरा’ गजल सुपर गजल सन् १९९९तिर निस्किएको थियो जुन सर्वाधिक लोकप्रिय रह्यो। सन् २००६ मा पद्मश्री पुरस्कार प्राप्त गरे ।

फिल्म ‘घायल’का लागि उनले सन् १९९० मा लता मंगेशकरसँग ‘माहिया तेरी कसम’ गीत गायनमा सहकार्य गरेका थिए । फिल्म ‘मोहरा’मा उनले साधना सरगमसँग मिलेर गाएको गीत ‘ना कजरेकी धार’ अर्को हिट गीत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?