+
+

साहित्यकार परशु प्रधानको निधन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १६:१९

काठमाडौं । साहित्यकार परशु प्रधानको निधन भएको छ । कथा लेखनमा सक्रिय प्रधानको ८० वर्षको उमेरमा सोमबार राति नयाँ बानेश्वरस्थित निवासमा निधन भएको हो ।

उनको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा मंगलबार दाहसंस्कार गरिएको छ । २००० सालमा भोजपुरमा जन्मिएका उनको पहिलो रचना ‘हाँसेकी ती चन्द्रमा’ थियो, जसलाई उनले २०१६ मा प्रकाशित गरेका थिए ।

उनका ‘बक्ररेखा’, ‘फेरि आक्रमण’, ‘यौटा अर्को दन्त्यकथा’, ‘असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य’, ‘यौटा क्रान्तिपुरुषको जन्म’ लगायत कथासंग्रह प्रकाशित छन् । उनले बाल कथा, निबन्ध र समीक्षामा समेत कलम चलाएका थिए ।

प्रधान लिखित दर्जन बाल कथासंग्रह प्रकाशित छन्, जसमा ‘नानीको कथा’, ‘सुनको छाती’, ‘विश्व परिकथा’, ‘बोल्ने चरो’ लगायत छन् ।

प्रधान राष्ट्रिय समाचार समिति र साझा प्रकाशनका जागिरे समेत थिए । उनका दुई छोरा र दुई छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?