+
+
Shares

डोल्पामा यार्सागुम्बा टिप्न गएका एक जनाको मृत्यु

यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको पाटनमा पुगेका जाजरकोट नलगाड नगरपालिका–११ निवासी ४३ वर्षीय लोकबहादुर सिंहको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पाको पाटनमा यार्सागुम्बा सङ्कलनका लागि पुगेका जाजरकोटका ४३ वर्षीय लोकबहादुर सिंहको बिरामी भएपछि उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ।
  • जाजरकोटको नलगाड नगरपालिका–११ का सिंहको जेठ १२ गते धोबाट दुनैतर्फ ल्याउने क्रममा काइके गाउँपालिका–७ को लैनीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

१७ जेठ, काँक्रेविहार (सुर्खेत)। यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको पाटनमा पुगेका जाजरकोट नलगाड नगरपालिका–११ निवासी ४३ वर्षीय लोकबहादुर सिंहको मृत्यु भएको छ ।

डोल्पो बुद्ध गाउँपालिका–३ धो–टास्कीको तीनजङ्खोला पाटनमा यार्सागुम्बा सङ्कलनका लागि पुगेका सिंह बिरामी भएपछि उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा काइके गाउँपालिका–७ को लैनीमा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिरामी भएर जेठ १२ गते धोबाट दुनैतर्फ आउँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक टोपेन्द्र बुढामगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?