+
+

मगर दिवसमा पाल्पाका सबै १० र प्युठानका ४ पालिकामा सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १९:०५

१४ फागुन, पाल्पा । मगर एकता दिवसका अवसरमा पाल्पाका सबै १० र प्युठानका ४ वटा स्थानीय तहमा सार्वजनिक बिदा हुने भएको छ ।

पाल्पाका दुई नगरपालिका र आठ स्थानीय तहले मगर एकता दिवसको अवसरमा मंगलबार स्थानीय बिदा दिएका हुन् । स्थानीय तहहरुले विज्ञप्ति जारी गर्दै बिदाको जानकारी दिएका छन् ।

करिब ५४ प्रतिशत मगर समुदायको बसोबास रहेको पाल्पामा मगर दिवसलाई विशेष महत्वकासाथ मनाउनका लागि यो समुदाय लागि परेको पाका पुस्ताले बताएका छन् ।

पूर्वको रामपुर नगरपालिकाको मगरी संस्कृतिमा आधारित झाँकी प्रदर्शनसहित बेझाँडमा एकीकृत मगर उत्थान समाज र नेपाल मगर संघले संयुक्त रुपमा कार्यक्रम गर्ने तयारी गरेको छ ।

माथागढीको कसेनीमा पनि मौलिक रुपमा दिवस मनाउनका लागि तयारी तीव्र पारिएको वडाध्यक्ष तेजबहादुर घर्तीले जानकारी दिए ।

कसेनीमा स्थानीयको सक्रियतामा श्रमदान, चन्दा र देउसीभैले खेलेर संकलन भएको रकमबाट मगरी मौलिक शैलीमा कुँडुले घरसमेत निर्माण गरिएको छ ।

तिनाउ, निस्दी बगनासकाली, रैनादेवी छहरा, रम्भा, रिब्दीकोट, पूर्वखोला गाउँपालिकाको पनि विभिन्न स्थानमा दिवसका लागि तयारी गरिएको नेपाल मंगर संघ पाल्पाले जनाएको छ ।

प्युठानका सरुमारानी, नौबहिनी, ऐरावती र गौमुखी गाउँपालिकाले मगर दिवसको अवसरमा बिदा दिएका छन् ।

ती पालिकाका प्रमुख प्रशासकीय अधिकृतद्वारा जारी सूचनामा ४२ औं मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिएको उल्लेख छ ।

मगर बाहुल्यता रहेको प्युठानका नौ वटै स्थानीय तहका विभिन्न स्थानमा सांस्कृतिक झाँकी प्रदर्शन लगायत विभिन्न कार्यक्रमहरु आयोजना गरिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?