+

शरीर रहस्य : आमाको गर्भमा भ्रूणको विकास कसरी हुन्छ ?

२०८० फागुन  १५ गते १३:५३ २०८० फागुन १५ गते १३:५३
शरीर रहस्य : आमाको गर्भमा भ्रूणको विकास कसरी हुन्छ ?

सोच्नुहोस् त, हाम्रो शरीरको सम्पूर्ण अंग आमाको गर्भाशयमा विकास हुन्छ । एउटा सानो विन्दुबाट कसरी शरीरको सम्पूर्ण संरचना बन्छ होला ? सबैभन्दा पहिले शरीरको कुन अंग बन्छ होला ? रक्तसंचार प्रणाली कसरी सुचारु हुन्छ होला ? मस्तिष्क कसरी विकास हुन्छ होला ?

यी चाखलाग्दो बिषय हुन् ।

गर्भमा रहेको शिशुको विकास हरेक हप्ता अगाडि बढ्दै जान्छ र अङ्गहरू बलियो हुँदै जान्छन् ।

कहाँबाट सुरु हुन्छ बच्चा बन्ने प्रक्रिया

महिलाको शरीरमा हुने प्रजनन अंगहरूमा पाठेघर, अण्डाशय, फलोपियन ट्युब, पाठेघर र योनी हुन् ।  त्यसैगरी, पुरुषमा रहेको शुक्राणु कोषले बच्चा जन्माउन मद्दत गर्छ, जुन अण्डकोषमा बन्छ ।

महिलामा पाठेघर पेटको तल्लो भागमा हुन्छ । यसको दुवै छेउमा अण्डाशय हुन्छ, जुन फलोपियन ट्युबसँग जोडिएको हुन्छ । अण्डाशयमा दुई वटा साना अण्डाकार अंग हुन्छन् । यो अंग अण्डाहरूले भरिएको हुन्छ ।

प्रजनन वर्षमा गर्भाधानको प्रक्रिया अण्डाशयबाट सुरु हुन्छ ।  शुक्रकीट र डिम्ब मिलेर बच्चा बन्ने प्रक्रिया सुरु हुन्छ ।

शुक्राणु र अण्डा कसरी मिल्छन् ?

महिलाको अण्डाशयबाट हरेक महिना अण्डा निस्कन्छ, जसलाई ओभ्युलेसन भनिन्छ । त्यस्तै, पुरुषको वीर्य परिपक्व हुन ७२ दिन लाग्छ । यसपछि परिपक्व शुक्रकीटहरू बाहिर आउँछन् र अण्डासम्म पुग्छन्  ।

यो दूरी पार गर्न शुक्रकीटलाई करिब १० घण्टा लाग्छ । यदि फलोपियन ट्युबमा अण्डा छ भने, शुक्रकीट भित्र पस्छ ।  त्यसपछि अण्डा र शुक्रकीट निषेचन हुन्छ । निषेचित डिम्ब फलोपियन ट्युब हुँदै पाठेघरमा पुग्छ । यहीँबाट भ्रुण निर्माणको प्रक्रिया सुरु हुन्छ ।

गर्भमा बच्चाको अंगहरूको विकास क्रम

गर्भमा बच्चाको विकास चरणबद्ध रूपमा हुन्छ ।  हरेक महिना गर्भमा बच्चाको केही न केही विकास हुन्छ र यसरी ९ महिनासम्म गर्भमा बच्चाको पूर्ण विकास हुन्छ ।

पहिलो महिना – पहिलो महिनाको अन्त्यमा भ्रुणको आधारभूत संरचना बन्न थाल्छन् । सबैभन्दा पहिले भ्रुणमा मेरुदण्ड, मस्तिष्क  र मुटुको विकास हुन्छ ।

दोस्रो महिना – गर्भावस्थाको दोस्रो महिनामा आँखाको विकास सुरु हुन्छ । साथै अनुहारको आकार बन्न थाल्छ र कानको विकास पनि हुन्छ । बच्चाको हात र खुट्टाको आकार लिन सुरु हुन्छ ।  मिर्गौला र कलेजो  पनि बन्न थाल्छ ।

तेस्रो महिना – तेस्रो महिनामा बच्चाको विकासको प्रक्रिया बढ्न थाल्छ । बच्चा लगभग २.५ इन्च लामो हुन्छ । बच्चाको वजन लगभग २५ देखी ३० ग्राम हुन्छ । मुटुले काम गर्न थाल्छ । औंलाहरूको विकास हुन्छ । जिब्रो र बंगारा बन्न थाल्छ । यौनाङ्ग र मिर्गौलाको विकास हुन थाल्छ । मांसपेशी र हड्डीको संरचना बन्न थाल्छ ।

चौथो महिना – चौथो महिनामा गर्भमा बच्चाको विकास धेरै छिटो हुन्छ । यस समयमा, बच्चाको शरीरको लगभग हरेक भागको विकास हुन्छ, जसलाई अल्ट्रासाउन्ड मार्फत पनि देख्न सकिन्छ । बच्चा गर्भमा चल्न र लात हान्न थाल्छ ।

१६ हप्तामा, बच्चाको हड्डीको संरचना रबर जस्तै एकदम लचिलो हुन्छ । शरीरमा छालाको एक तह बन्छ । चौथो महिनामा बच्चाको दुवै कान विकसित हुन्छ जसले गर्दा उसले बाहिरको आवाजहरू सुन्न थाल्छ ।  साथै सेतो रक्त कोशिकाहरू उत्पादन हुन थाल्छ ।

पाँचौं महिना – पाँचौं महिनामा बच्चाको लम्बाइ ६ देखी १० इन्च र वजन २ सय देखी ४ सय  ग्राम हुन सक्छ । उनको मांसपेशी र हड्डी बिस्तारै बलियो हुँदै जान्छ ।

बच्चाको आँखीभौँ, परेला, कान, नाक, नङको विकास हुन्छ । अनुहारको आकार पनि विकास हुन्छ अनुहारमा अभिव्यक्ति झल्कन थाल्छन् । आमाको सुत्ने र उठ्ने समय अनुसार उसको सुत्ने र उठ्ने समय पनि तय हुन्छ ।

छैटौं महिना – यो महिनामा बच्चा गर्भमा चल्न थाल्छ । बाहिरको आवाज सुन्न सक्छ र सोही अनुसार प्रतिक्रिया दिन सक्छ ।

छालाको पारदर्शिता हराएर जान्छ । बच्चाको मस्तिष्क छिटो विकास हुन्छ । यो महिनामा बच्चाको लगभग सबै अंगहरू तयार हुन्छन् । छैटौँ महिनाको अन्त्यमा, बच्चा १० देखि १५ इन्च अग्लो हुन्छ भने तौल ५ सय देखी ७ सय ग्राम हुन्छ ।

सातौं महिना – यस समयमा बच्चाको लगभग ७० प्रतिशत विकसित भएको हुन्छ । यो महिनाको अन्त्यसम्ममा बच्चा लगभग १२ देखि १५ इन्च अग्लो हुन्छ । बच्चाको तौल ८ सय देखि १ हजार ग्राम वा त्यो भन्दा पनि बढी हुन सक्छ । साथै बच्चा आवाज, संगीत वा गन्धप्रति बढी संवेदनशील हुन्छ ।

आठौं महिना – आठौं महिनामा बच्चा आफ्नो विकासको अन्तिम चरणमा हुन्छ र यस समयमा उसको शरीर धेरै छिटो परिवर्तन हुन्छ । आठौँ महिनामा बच्चा जन्मनका लागि तयार हुन्छ । बच्चाको टाउकोमा कपाल बढ्छ, आफ्नो आँखा खोल्न र बन्द गर्न सक्छ । बच्चाको फोक्सो विकासको अन्तिम चरणमा हुन्छ ।

यो महिनाको अन्त्यमा बच्चाको उचाइ करिब १२ देखि १४ इन्च हुन्छ । यौनाङ्गको विकास हुन थाल्छ । बच्चाको मस्तिष्क धेरै छिटो विकसित हुन्छ किनभने यो समयमा न्यूरोन्स द्रूत रूपमा बढ्छ ।

यस महिनाको अन्त्यमा, बच्चाको वजन १ हजार ग्राम देखि १५ सय ग्राम सम्म हुन सक्छ ।

नवौं महिना – नवौं महिनामा बच्चा जन्मन तयार हुन्छ । उसको शरीरका अंगहरू पूर्ण रूपमा विकास भएको हुन्छ । बच्चाले उचाइ लगभग २० इन्चको हुन्छ । तौल लगभग ३.५ किलोग्राम हुन्छ । साढे दुई किलोदेखि चार किलोसम्मको तौल सामान्य मानिन्छ । यस अवधिमा उनको फोक्सो पूर्ण रूपमा विकसित भइसकेको हुन्छ ।

गर्भमा भ्रुण प्रजनन अंग how to baby development in womb
डा. मीना प्रधान
लेखक
डा. मीना प्रधान
स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

डा. प्रधान प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । उनी काठमाडौंको ढुंगेधारा चोकस्थित ओम साईबाबा मेमोरियल अस्पतालमा कार्यरत छिन् । उनले प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी छन् । प्रधानको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ६९५६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय