+
+

प्राधिकरणले भन्यो : धरानमा विमानस्थल बनाउन उपयुक्त देखिएन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १५:५५
धरान सहर/फाइल तस्वीर

१५ फागुन, काठमाडौं । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ ।

तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत हुने प्राधिकरणले बताएको छ । साथै, आर्थिक विश्लेषणबाट सडक यातायातको सहज उपलब्धता र त्यस क्षेत्रको भौगोलिक अवस्थितिका कारण ‘वान वे अप्रोच’ हुने भएकाले धरानमा विमानस्थल सम्भव नरहेको प्राधिकरणले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

धरानमा विमानस्थल बनाउनुपर्ने धरान उपमहानगरपालिका मेयर हर्क साङ्पाङले दबाव दिइरहेका छन् । त्यसपछि सरकारले समिति बनाएर यहाँ विमानस्थल आवश्यक रहे–नरहेको बारे अध्ययन गरेको थियो । सोही अध्ययन आधारमा धरानमा विमानस्थल आवश्यक नरहेको निष्कर्षमा प्राधिकरण पुगेको हो ।

धरानमा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नरहेको तथा विभिन्न प्राविधिक र सञ्चालनमा आउने कठिनाइले विमानस्थल आवश्यक नरहेको निष्कर्षमा पुगेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?