+
+

भक्तराज आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि, सत्य-स्वरुपले दिए दागबत्ती (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १६:५८

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । गायक समेत रहेका छोराद्वय सत्यराज र स्वरुपराजले उनको पार्थिव शरीरमा दागबत्ती दिए ।

अन्तिम संस्कारअघि आर्यघाटमा पुगेका संगीतकर्मीले आचार्यको सम्मानमा उभिएर उनको कालजयी र चर्चित गीत ‘जहाँ छन् बुद्धका आँखा’ गाएका थिए । उनको अन्तिम बिदाइमा आर्यघाटमा संगीतकर्मीदेखि उनका प्रशंसकको बाक्लो उपस्थिति थियो ।

त्यसअघि आचार्यको पार्थिव शरीरलाई सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, संस्कृतिमन्त्री सुदन किराती लगायतले आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाउँदै आचार्यको निधनले मुलुकलाई क्षति पुगेको बताए । ४०० भन्दा बढी गीतमा स्वर र संगीत दिएका आचार्यको ८२ वर्षको उमेरमा सोमबार निधन भएको थियो ।

तस्वीर सौजन्य : क्रिस पाण्डे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?