+
+

पोखरामा धुमधामले मनाइयो ४२ औं मगर संघ स्थापना दिवस

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १९:००

१५ फागुन, पोखरा । पोखरामा मगर समुदायले ४२ औं मगर एकता दिवस धुमधामले मनाएका छन् । नेपाल मगर संघको स्थापना भएको दिन फागुन १५ लाई मगर समुदायले एकता दिवसका रुपमा मनाउँदै आउका छन् ।

नेपाल मगर संघ कास्कीको आयोजनामा पोखराको मानवअधिकार चोकबाट सुरु भएको झाँकी र्‍यालीसहित महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै सभागृहमा आएर औपचारिक कार्यक्रममा सुरु भएको थियो । र्‍यालीमा हजारौंको संख्यामा सहभागी थिए ।

र्‍यालीपछि भएको औपचारिक कार्यक्रममा पोखरा महानगरका मेयर मेयर धनराज आचार्यले मगर समुदायको मौलिक कला, संस्कृतिदेखि भाषा भेषभुषा पुस्तान्तरण हुन आवश्यक रहेको बताए ।

कुनै पनि समुदायको कला, संस्कृति, भाषा र भेषभुषाको संरक्षण गर्न नसके समाज परिवर्तन हुन नसक्ने मेयर आचार्यको भनाइ थियो । पछिल्लो समय मगर समुदायबाट मगर भाषा पुस्तान्तरण हुन नसकेको बताउँदै उनले भने, ‘समाज परिवर्तनका लागि कला, संस्कृति, भाषा र भेषभुषाको संरक्षण आवश्यक छ ।’

उनले समाज समृद्धिका लागि भौतिक विकाससँगे समुदायको संरक्षणपनि त्यति नै आवश्यक रहेको बताए । ‘हामीले विकास भनेको ठूलाठूला भवन, बाटोलाई सम्झिन्छौं, विकास भनेको भौतिक पूर्वाधार मात्र होइन’, उनले भने, ‘विकास भनेको समाज समृद्ध हुनका लागि मान्छे जन्मदादेखि मृत्यु हुँदा सम्मका संस्कार संस्कृतिको संरक्षण र पुस्तान्तरण गर्नु पनि त्यो दीगो विकास हो ।’

उनले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताउँदै सबै जातजातिले आफ्नो कला, संस्कृति, भाषा, भेषभुषाको संरक्षण र प्रवद्र्धन गर्न समेत आवश्यक रहेको बताए ।

वि.स. २०३९ साल फागुन १५ गते स्व. हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लांघाली परिवार संघको अधिवेशनलाई आधार मानी मगर समुदायले हरेक वर्ष फागुन १५ गते मगर संघ र सम्बन्धित संघसंस्थाले एकता दिवसका रूपमा मनाउँदै आएका छन् ।

४२ औं मगर एकता दिवसमा निकालिएको झाँकी र्‍यालीमा नेपाल मगर संघ रामबजार इकाई प्रथम, चाउथे कमदमार्ग इकाई समिति द्वितीय, माटेपानी इकाई समिति तृतीय र अघौं, ढुंगेपाटन र सैनिक बस्ती इकाई समिति सान्त्वना भएका थिए । उनीहरुले क्रमशः १०, ७, ५ र २÷२ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?