+
+

राष्ट्रिय महिला हक्कीमा आयोजक मदन भण्डारी एकेडेमी विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते २२:४२

१५ फागुन, जनकपुर । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा मंगलबार जित हात पारेको छ ।

समूह ए मा रहेको एकेडेमीले मधेश प्रदेशलाई ३–१ गोलले पराजित गर्दै पहिलो जित हात पारेको हो । विजयी टिमका लागि ‘प्लेयर अफ द म्याच’ मधु राईले २ तथा शोभा शर्माले १ गोल गरे । मधेशकी शुभम्ले १ गोल गरिन् ।

पहिलो खेलमा एकेडेमी त्रिभुवन आर्मीसँग पराजित भएको थियो ।

जनकपुरमा भइरहेको प्रतियोगितामा आर्मीले लगातार दोस्रो जित हात पारेको छ । मंगलबारै भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ६–० को फराकिलो अन्तरले हरायो । आर्मीका लागि दम्मरा भट्ट, ‘प्लेयर अफ द म्याच’ सरस्वती तामाङ, सितामाया बालाक्लाभा, कमला चन्द, ममता भट्ट र सिमा खड्काले समान १–१ गोल गरे

यस्तै समूह बी अन्तर्गत मंगलबारै भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ३–० गोलले हरायो । सुदूरपश्चिमका लागि ‘प्लेयर अफ द म्याच’ सन्जनाकुमारी भारतीले २ तथा नमिता एसकेले १ गोल गरे ।

प्रतियोगिता ६ प्रदेशक, विभागीय टोली आर्मी र आयोजक टिम गरी कुल ८ टिमको सहभागिता छ ।

समूह चरणको खेलपछि दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल १९ फागुनमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?